२०७७ श्रावण १४ बुधबार, काठमाडौं । महानायक राजेश हमाल नयाँ टेलिभिजन कार्यक्रमबाट दर्शक माझ आउँदैछन् । एपिवानमा ‘को बन्छ करोडपति’ कार्यक्रम पछि पर्दाको दुनियाँबाट सुस्ताएका हमाल समता फाउण्डेशनले तयार पारेको नयाँ कार्यक्रममा ‘जातको प्रश्न’ मार्फत देखा पर्ने भएका हुन् ।
कान्तिपुर टेलिभिजनबाट हरेक शनिबार प्रशारण हुने ‘जातको प्रश्न’ जातिय विभेद र छुवाछुत जस्तो गहन विषयको कार्यक्रम हो । ‘जातको प्रश्न’ एउटा बहसमुलक कार्यक्रम भएको बताइएको छ । यद्यपि, समता फाउण्डेशनले भोली बिहिबार मात्र यसको औपचारिक जानकारी गराउने छ ।
कान्तिपुर टेलिभिजनका कार्यक्रम प्रमुख दिनेश डिसीले उक्त कार्यक्रमका लागि राजेशलाई प्रस्ताव गरेको बुझिएको छ । अभिनेता हमाल केही वर्षयता ठूलो पर्दामा देखिएका छैनन् । आफुलाई सुहाँउदो कथा वस्तु र पात्र भएको फिल्मको प्रस्ताव नआएपछि उनी फुर्सदमा थिए ।
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’