सिंहदरबारभित्रका कर्मचारीको ‘पीसीआर’ परीक्षण सुरु

२०७७ श्रावण १४ बुधबार, काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सरकारले सिंहदरबारभित्रका कर्मचारीको ‘पीसीआर’ परीक्षण थालेको छ ।

कार्यालय सहयोगी, सवारीचालक र प्रत्यक्ष बाहिरी मान्छेको सम्पर्कमा रहने ५०० देखि ७०० कर्मचारीहरुको पीसीआर परीक्षणका लागि बुधबार नमुना संकलन गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंका अनुसार सिंहदरबारभित्रका सबै कार्यालयका करिब ७०० जना कर्मचारीको नमुना संकलनको तयारी भएको छ ।

परीक्षणपछि उपत्यकाभित्रको अवस्था के छ भनेर आँकलन गर्न सकिने उहाँले बताउनुभयो । काठमाडौं उपत्यकामा मंगलबारमात्रै ५३ जनामा कोरोना संक्रमण देखिएको थियो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार