जेठ ३२,२०७७ एजेनसी । तीन महिनापछि पहिलो खेलमा बार्सिलोनाले सहज जितसहित शीर्ष स्थान कायम गरेको छ ।आफ्नो पहिलो खेलमा साबिक विजेता बार्सिलोनाले मायोर्कामाथि ४-० को सहज जीत हासिल गरेको छ ।
कप्तान लिओनल मेसीले एक गोल गरे भने दुई असिस्ट गोल गरे ।बार्सिलोनाले स्पानिस ला लिगामा मालोर्कालाई ४-० ले पराजित गरेको छ ।दोस्रो हाफमा जोर्डी आल्बाले बार्सिलोनाको अग्रता फराकिलो पारे । खेलको इन्जुरी समयमा लियोनेल मेस्सीले चौथो गोल आफ्नो नाममा गरे । यो सिजन लिगमा यो २० औँ गोल हो ।
खेलको दोस्रो मिनेटमै अर्टुरो भिदालले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । खेलको ३७ औं मिनेटमा मेसीको असिस्टमा मार्टिन ब्रेथवेइटले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा आधि जित कायम गर्यो । ला लिगामा मार्टिनको यो पहिलो गोल हो । दोस्रो हाफमा पनि बार्सिलोनाले दुई गोल थप्न सफल भए । ७९औं मिनेटमा मेसीकै पासमा जोर्डी अल्वाले गोल गरेपछि बार्सिलोनाको ३-० को अग्रता बनायो ।
इन्जुरी टाइमको तेस्रो मिनेटमा लुइस सुअरेजको पासमा मेसीले गोल गर्दै जित सुनिश्चित गरे ।
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो