निष्पक्ष महाधिवेशन गर्न सभापति देउवालाई पौडेल समूहको आग्रह

२०७७ श्रावण १४ बुधबार, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी महाधिवेशनमा निष्पक्षताको ग्यारेन्टी गर्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेको छ ।

पार्टी कार्यालय सानेपामा बुधबार बसेको पौडेल समूहको बैठकमा नेताहरुले पार्टी सभापतिले एकपक्षीय रुपमा विभागहरु गठन तथा मनोनयनलगायतका गतिविधि गरेको भन्दै चर्को विरोध गरेका छन् ।

बैठकले यस्ता गतिविधि रोक्न सभापति शेरबहादुर देउवाको गम्भीर ध्यानाकर्षण गराएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार