२०७७ श्रावण १५ बिहीबार, काठमाडौं । बलिवुडका बाहुबली फेम निर्देशक एसएस राजमौली कोरोना संक्रमित भएका छन् । राजामौलीले सामाजिक संजालबाट आफु कोरोना पोजेटिभ भएको जानकारी दिएका छन् । राजामौलिले आफु र आफ्नो परिवारमा कोरोनाका हल्का लक्षण देखिएपछि कोरोना परिक्षण गरेका थिए ।
निर्देशक मौली अहिले घरमै क्वारेन्टाइनमा रहेको जानकारी दिएका छन् । उनले भनेका छन् – ‘मलाई र मेरो परिवारलाई केहि दिनदेखि ज्वरो आइरहेको थियो । यो सुस्त सुस्त आफै कम पनि हुदै गयो तर हामीले कोरोना परिक्षण गरायौं । र परिक्षण पोजेटिभ आएको छ । हामी अहिले डाक्टरहरुकै सल्लाहमा घरमै क्वारेन्टाइनमा छौं ।’
साथै उनले आफ्नो स्वास्थ्य ठिक रहेको र कोरोनाको कुनै लक्षण भने नदेखिएको बताउदै निर्देशक राजामौलीले डाक्टरले दिएका सल्लाह र निर्देशन मानिरहेको बताए । साथै उनले आफु आफ्नो शरीरमा एन्टीबडी विकसित होस् र त्यो दान गर्न पाइयोस भनेका छन् ।
चर्चित फिल्म बाहुबली बनाएका राजामौली अहिले भने ठुलो बजेटको फिल्म आरआरआर बनाइरहेका छन् । यस फिल्ममा उनले रामचरण, आलिया भट्ट, अजय देवगन र श्रेया सरनलाई लिएर बनाइरहेका छन । यहि जुलाईमा रिलिज हुने भनिएको यो फिल्म कोरोना माहामारीका कारण अनिश्चित बनेको छ । अहिले फिल्म आउदो जनवरी ८ मा रिलिज गरिने बताइएको छ ।
ट्रेन्डिङ
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’