२०७७ श्रावण १५ बिहीबार, एजेन्सी । इटालीको ‘सिरी ए’ मा सिजनको सर्वाधिक गोलकर्ता हुने अवसरले क्रिस्टियानो रोनाल्डो गुमाएका छन् । कागलिरीविरुद्धको बुधबारको खेलमा युभेन्टस २–० ले पराजित हुँदा राेनाल्डाेले आफ्नो गोल संख्या बढाउन चुके ।
३५ वर्षीय रोनाल्डोले यो सिजन ३१ गोल गरेका छन् र उनी लाजियोका सिरो इम्बोली भन्दा चार गोलले पछाडि छन् । अब लिग चरणमा युभेन्टसको एक खेल मात्र बाँकी छ र त्यो एएस रोमाविरुद्ध रहेको छ ।
लिगको १३ औं स्थानमा रहेको कागलिरीले आठौं मिनेटमा २० वर्षीय खेलाडी लुका गागलिनोको गोलले अग्रता लिएको थियो । जियोभानी सिमोनीले गोल थपे ।
बुधबारकै अन्य प्रमुख खेलमा लाजियोले ब्रेसियालाई २–०, रोमाले टुरिनोलाई ३–२ र एसी मिलानले साम्पडोरियालाई ४–१ ले हरायो ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
कमल थापाले बाबुरामलाई प्रधानमन्त्रीको प्रस्ताव गरेपछि…
प्रचण्ड–माधव समूहले ग¥यो नेम्वाङसहित ओली समूहका ७ नेतालाई कारबाही
फेरि बढ्यो पेट्रोलियमको मूल्य, यस्तो छ नयाँ दर
‘निर्वाचन आयाेगवाला सेटिङ्ग पनि भत्किँदैछ’
दरबार छाड्नुमा मिडियाको मुख्य हात