बारा र पर्सामा थप ५३ जना कोरोना संक्रमित पुष्टि

२०७७ श्रावण १५ बिहीबार, वीरगञ्ज । पर्सा र बारामा थप ५३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गयराति गरिएको परीक्षणमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ३ जना बारा र बाँकी सबै पर्साका रहेका छन् ।

नारायणी अस्पतालको क्वार्टरमा बस्ने ११ स्वास्थ्यकर्मीका परिवार पनि संक्रमित भएका छन् । अस्पतालका दुई चिकित्सकसहित ४ स्वास्थ्यकर्मीमा कोरोना देखिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिनुभएको छ ।

३ वर्षदेखि ६० वर्ष उमेर समूहका १५ महिलासहित ५३ जना नयाँ संक्रमित थपिएको र दुई बालबालिकासमेत संक्रमित भएको उहाँको भनाई छ ।

वीरगन्जस्थित आर्मी ब्यारेकका थप दुई जवानमा कोरोना देखिएको छ । बाराका संक्रमितमध्ये दुई जना जितपुर स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी हुन् ।

पर्साको छिपहरमाई गाउँपालिका, टिहुकीका एक र पटेर्वासुगौली–५ का तीन जना संक्रमित छन् । अन्य संक्रमित वीरगन्ज महानगरपालिका–३ छपकैया, मुर्ली, सिर्सिया, पानी ट्यांकी, बिर्ता, रेसमकोठीका रहेका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार