प्रहरी हेडक्वार्टरका ९ जनामा कोरोना पुष्टि

२०७७ श्रावण १५ बिहीबार, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप ९ जना प्रहरीमा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । महाराजगञ्जस्थित प्रहरी अस्पतालमा गरिएकाे परीक्षणमा थप ९ जना प्रहरीकाे रिपाेर्ट पाजेटिभ आएको हो ।

उनीहरूकाे सम्पर्कमा आएकाहरूकाे कन्ट्याक्ट ट्रेसिङ भइरहेकाे प्रहरी प्रधान कार्यालयले जनाएकाे छ ।

याेसँगै प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ४४ जनामा कोरोना पुष्टि भइसकेको छ । देशभरका २ सय २१ प्रहरी संक्रमित भएका छन् । तीमध्ये केही डिस्चार्ज भइसकेका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार