२०७७ श्रावण १५ बिहीबार, काठमाडौं । कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश भएको नक्साले देश–विदेशमा तरंग पैदा गरिरहेको बेला नक्साको अंग्रेजी संस्करण प्रकाशन गरी बिदेश पठाइने भएको छ ।
त्यसका लागि नेपाली सेना र नापी विभागका प्रतिनिधि सहितको एउटा कार्यदल बनिसकेको छ । आइबीएस सफ्टवेयरलाई पनि यो सिलसिलामा जोड्ने तयारी भएको छ ।
नेपाल सरकारका तर्फबाट नयाँ नक्सा संयुक्त राष्ट्रसंघ मुख्यालय न्यूयोर्कमा चिठीसहित गएको दुई साता भइसकेको छ । यसबाहेक सोही नक्सालाई विदेशस्थित नेपालका विभिन्न कूटनीतिक नियोगमा पठाइँदैछ ।
वेभ सर्च इञ्जिन गुगलले आफूखुशी चुच्चोसहितको नक्सा आफ्नो नयाँ संस्करणमा समावेश गरेको छ । तर, नेपाल सरकारको तर्फबाट गूगललाई अलग्गै चिठी लेखेर आधिकारिक रुपमै नक्सा पठाइएको छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
कमल थापाले बाबुरामलाई प्रधानमन्त्रीको प्रस्ताव गरेपछि…
प्रचण्ड–माधव समूहले ग¥यो नेम्वाङसहित ओली समूहका ७ नेतालाई कारबाही
फेरि बढ्यो पेट्रोलियमको मूल्य, यस्तो छ नयाँ दर
‘निर्वाचन आयाेगवाला सेटिङ्ग पनि भत्किँदैछ’
दरबार छाड्नुमा मिडियाको मुख्य हात