२०७७ श्रावण १५ बिहीबार, काठमाडौं । बलिउड अभिनेता सुशान्तसिंह राजपुतकी पूर्वप्रेमिका अंकिता लोखंडेले सत्यले जित्ने बताएकी छन्।
सुशान्त आत्महत्या प्रकरणमा पिता केके सिंहले प्रेमिका रिया चक्रवर्तीविरुद्ध प्रहरीमा उजुरी दिएको खबर बाहिरिए लगत्तै अंकिताले इंस्टाग्राममा सत्यको जित हुने उल्लेख गरेकी छन्। उनको पोस्टमा फ्यानहरुले सधै सत्यले नै जित्ने भन्दै धन्यवाद दिएका छन्।
सुशान्तका पिताले रियाविरुद्ध गम्भीर आरोप लगाउँदै पटना प्रहरीमा उजुरी दिएका छन्। पटना प्रहरीको दुई टिम मुम्बई गएर अनुसन्धान थालेको छ।
पिताको उजुरीमा रिया र उनको परिवारमाथि सुशान्तलाई परिवारबाट अलग गर्ने प्रयास गरेको, परिवारबाट टाढा राख्न नम्बर नै परिवर्तन गरिदिएको, सुशान्तमाथि नियन्त्रण राख्न उनका पुरै कर्मचारी परिवर्तन गरेको, सुशान्तको अकाउन्टबाट पैसा निकालेको र ब्ल्याकमेल गरेको आरोप लगाइएको छ।
सुशान्तका पिताले आफ्नो छोरालाई ब्ल्यामेल गरेर धम्की दिएर आत्महत्या गर्न बाध्य पारेको आरोप समेत लगाएका छन्।
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’