बलिउड अभिनेता सुशान्त सिंह राजपूतद्वारा आत्महत्या

जेठ ३२, २०७७, काठमाण्डाै । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले बान्द्रामा रहेकाे आफ्नै घरमा आत्महत्या गरेका छन् ।

उनले आत्महत्या गर्नुकाे कारण खुलिसकेकाे छैन । बीबीसीका अनुसार सुशान्त सिंह राजपूतका कामदारले बान्द्रा प्रहरी स्टेशनलाई याे कुराकाे जानकारी दिएका हुन् ।

टीभीबाट आफ्नाे करियर सुरु गरेका सुशान्तले पछिल्लाे केही वर्षमा ठूलाे पर्दामा काम गरेका थिए ।

डिटेक्टिभ ब्योमकेश बक्शी, एमएस धोनी : द अनटोल्ड स्टोरी, काई पो चे र छिछोरे जस्ता केही फिल्ममा उनले लिड भूमिका निर्वाह गरेका थिए ।

सुशान्त सिंह राजपूतले किस देश में है मेरा दिल टीभी सीरियलबाट आफ्नो करियर सुरु गरेका थिए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार