२०७७ श्रावण १५ बिहीबार, काठमाडौं । चीनले नेपालसहित तीन वटा देशका नागरिकलाई प्रवेश अनुमतिसँगै कोरोनाभाइरस (कोभिड–१९) भ्याक्सिन दिने भएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ बेनविनले पत्रकार सम्मेलनमा नेपाल, पाकिस्तान र अफगानस्थानका नागरिकलाई चीन प्रवेशमा अनुमति दिने र कोरोना भ्याक्सिन पनि उपलब्ध गराउने सहमति भएको जानकारी दिएका हुन् ।
सोमबार चिनियाँ विदेशमन्त्री वाङ यीले आयोजना गरेका अनलाइन छलफलमा नेपाल, पाकिस्तान र अफगानस्तानका विदेशमन्त्री सहभागी थिए । वार्ताका क्रममा विश्वव्यापी महामाहरीको रुप लिइरहेको कोरोना भाइरसविरुद्ध मिलेर लड्ने सहमति भएको प्रवक्ता वाङले जानकारी दिएका छन् ।
त्यस्तै उनले कोरोनाको भ्याक्सिन पनि तीन वटा देशले सहज रुपमा पाउने विषयमा सहमति भएको जानकारी दिएका छन् । अब चीनले निर्माण गर्दै गरेको कोरोनाविरुद्धको भ्याक्सिन नेपाल, पाकिस्तान र अफगानस्तानले सहज रुपमा पाउनेछन् । त्यस्तै मन्त्रीहरुले भाइरसलाई परास्त गर्न सबैभन्दा शक्तिशाली हतियार एकता र सहयोग भएको बताएका थिए ।
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’