अमेरीकामा प्रहरीद्वारा फेरी एक अस्वेत नागरीककाे हत्या

जेठ ३२,२०७७,एजेनसी । २७ वर्षीय रेशर्ड ब्रूक्स गत शुक्रवार प्रहरीसँग भएको सङ्घर्षमा मारिएका छन् । एटलान्टामा ब्रूक्सको निधन भएपछि कारबाहीको माग गर्दै प्रदर्शन भएको छ । घटना पछि प्रहरी प्रमुख एरिका शील्ड्सले शनिवार राजीनामा दिएकी बिबिसिले जनाएको छ ।
प्रदर्शनकारीहरूले शनिवार साँझ एटलान्टाको मुख्य राजमार्ग इन्टरस्टेट-७५ बन्द गरिदिएका थिए।

गत तीन हप्तादेखि अमेरिकामा जोर्ज फ्लोइड प्रहरी हिरासतका क्रममा मारिएपछि प्रदर्शनहरू हुँदै आएका छन् । मेयर बटम्सले उनी प्रहरी विभागको अन्य शाखामा कार्यरत रहने बताइन् ।

मेयर बटम्सले विज्ञप्तिमा भनेकी छन्, “देशभर प्रहरीमा अर्थपूर्ण सुधार कस्तो हुनुपर्छ भन्नेमा एटलान्टा नमुना बनोस् भन्ने एरिकाको चाहनाका कारण उनले प्रहरी प्रमुखबाट राजीनामा दिएकी हुन्।”

जोर्जिया ब्यूरो अफ इन्भेस्टिगेशन्स (जीबीआई)ले ब्रूक्सको मृत्युबारे अनुसन्धान गरिरहेको छ। वेन्डीज रेस्टुरेन्टभित्र रहेको सुरक्षा क्यामेरामा रेकर्ड गरिएको भिडियो प्रहरीले अनुसनधान स्रोतको रुपमा हेरिरहेको छ । प्रहरीले प्रत्यक्षदर्शीले खिचेको भिडियो पनि हेरिरहेको छ।
जीबीआईका अनुसार ब्रूक्स बाटोमा कारभित्रै निदाएपछि सडक अवरुद्ध भयो । ब्रूक्सले मापसे गरेका भएपनि गिरफ्तार हुन उनी नमानेको प्रहरीले बताएको छ ।

जीबीआईको रिपोर्ट अनुसार वेन्डीज रेस्टुरेन्टबाट प्राप्त फूटेजमा प्रहरी अधिकारीहरू ब्रूक्सको पछिपछि दौडिरहेको देखिन्छ । त्यसपछि ब्रूक्सले टेजर भनिने एउटा विद्युतीय हतियार एकजना अधिकारीमाथि ताकेका बिबिसिले जनाएको छ ।
“त्यसपछि प्रहरी अधिकारीले हानेको गोली ब्रूक्सलाई लागेको थियो,” रिपोर्टमा भनिएको छ।
प्रत्यक्षदर्शीले उपलब्ध गराएको भिडिओमा वेन्डीज रेस्टुरेन्ट बाहिर दुईजना प्रहरी अधिकारीसँग ब्रूक्सले सङ्घर्ष गरिरहेको देखिन्छ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार