साँझ ७ बजेदेखि विहान ७ बजेसम्म उपत्यका प्रवेशमा रोक

२०७७ श्रावण १५ बिहीबार, काठमाडौं । गृह मन्त्रालयले रातको समयमा काठमाडौं प्रवेश गर्नमा रोक लगाएको छ ।मन्त्रालयले साउन १५ बाटै लागू हुने गरी साँझ ७ बजेदेखि विहान ७ बजेसम्म उपत्यका प्रवेशमा रोक लगाएको हो ।

नाकाहरुमा पूर्ण निगरानीका साथ चेकजाँचको आवश्यकता परेको भन्दै गृहले अर्को सूचना जारी नभएसम्म अत्यावश्यक सेवा र ढुवानीका साधन बाहेक अन्य सवारी प्रवेशमा रोक लगाएको छ ।

दिउँसोको समयमा भने सवारी पास लिएका मानिस आवत–जावत गर्न सक्ने गृह मन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिएका छन् ।

मन्त्रालयले उपत्यका बाहिरका जिल्ला प्रशासन कार्यालयहरुले पनि अत्यावश्यक काममा बाहेक अन्तर जिल्ला सवारी आवागमन पास जारी नगर्न र पास बिना आवागमन पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार