अमेरिकामा पछिल्लो २४ घण्टामा २३९ को मृत्यु

२०७७ श्रावण १६ शुक्रबार, एजेन्सी । पछिल्लो २४ घण्टामा २३९ जनाको मृत्यु भएको छ । अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख ५५ हजार नाघेको छ । पछिल्लो अपडेट अनुसार अमेरिकामा ५० वटै राज्यमा गरि मृत्यु हुनेको संख्या एक लाख ५५ हजार ७९ पुगेको छ ।

 पछिल्लो २४ घण्टामा अमेरिकामा ६६ हजार ५७६ जना संक्रमित पुष्टि भएको छ । योसँगै अमेरिकामा संक्रमितको संख्या ४६ लाख ३४ हजार ६१३ पुगेको छ । त्यस्तै अमेरिकामा अहिलेसम्म २२ लाख ७८ हजार १४० जना ठिक भएका छन् भने सक्रिय संक्रमित २२ लाख १ हजार ३९४ जना रहेका छन् । त्यस्तै अमेरिकामा अहिले १८ हजार ८६४ जना आइसीयुमा उपचारत रहेका छन् ।

अमेरिकामा अहिलेसम्म न्युयोर्कमा मात्र मृत्यु हुनेको संख्या ३२ हजार नाघेको छ । न्युयोर्कमा ३२ हजार ७५१ जनाको मृत्यु भएको छ । त्यस्तै न्युयोर्कमा संक्रमितको संख्या ४ लाख ४२ हजार ८९० जना संक्रमित भएका छन् । त्यस्तै न्यूजर्सीमा १५ हजार ८८८ जनाको मृत्यु भएको छ भने न्यूजर्सीमा अहिलेसम्म एक लाख ८६ हजार ९७५ जना संक्रमित भएका छन् । त्यस्तै क्यालिफोर्नियामा ९ हजार २ को ज्यान गएको छ भने मसाचुसेट्समा ८ हजार ५९५ जनाको ज्यान गएको छ ।

त्यस्तैगरि इलिनियोइसमा ७ हजार ६७०, पेन्सिलभेनियामा ७ हजार २६९, फ्लोरिडामा ६ हजार ५८७, टेक्सासमा ६ हजार ४९४, मिचिगनमा ६ हजार ४४३, कोनेक्टीकटमा ४ हजार ४३१, लुसियानामा ३ हजार ९२९ जना, जर्जियामा ३ हजार ६७१, एरिजोनामा ३ हजार ६२६, मेरिल्याण्डमा ३ हजार ४८८, ओहियो ३ हजार ४४९, इन्डियानामा २ हजार ९४६ र भर्जिनियामा २ हजार १४१ जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार