नाता/सम्बन्ध 

                                                                      – त्रिविक्रम पाण्डे

मन स्वर मच्चाउँँदैैन अचेल,
न धड्किन्छ नै,
न कसैलाई सम्झिन्छ नै…
प्राय: एकान्तमा,
स्वयंसँग ऊ एक कुरा गर्छ…
राम्रै हुन्थ्यो,
यो प्यार नभा’ भए मित्रता हुँदैनथ्यो,
परिवार, रीतिरिवाज पनि हुँदैनथ्यो…
हामी एक अर्काकाे हुन्थ्याै,
तर कुनै शर्त हुँदैनथ्यो…

यो बन्धन, रीतिरिवाज नै त हो,
जाे प्रायः प्यारलाई प्यार रहन दिँदैन…
मात्रै एक नाता बनाएर छाडिदिन्छ,
जाे आफैं चल्दैन,
उसलाई चलाउनु पर्दछ…

मन स्वर मच्चाउँदैन अचेल…
न धड्किन्छ नै,
न कसैलाई सम्झिन्छ नै…!!

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार