काठमाडौं ट्राफिक महाशाखाका दुई प्रहरीमा संक्रमण पुष्टि

२०७७ श्रावण १६ शुक्रबार, काठमाडौं । महानगरीय ट्राफिक महाशाखा काठमाडौंमा कार्यरत दुई प्रहरीमा कोरोना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । कोरोना आशंकामा परीक्षण गर्दा दुई प्रहरीकाे रिपोर्ट पोजेटिभ आएको हो ।

कन्ट्याक्ट ट्रेसिङ र व्यवस्थापनकाे कार्य अघि बढिसकेकाे महाशाखाले जनाएकाे छ । संक्रमित बस्दै आएको शाखा सिल गरिएकाे छ भने उनीहरूलाई सशस्त्र प्रहरी अस्पतालमा लैजाने तयारी भइरहेको जानकारी दिइएकाे छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार