बाढीमा हराइरहेका दुईको शव फेला, १ अझै बेपत्ता

२०७७ श्रावण १६ शुक्रबार, काठमाडौं । अविरल बर्षासँगै आएको बाढीले बेपत्ता भएका कैलालीका २ जनाको शब फेला परेको छ । बुधबार आएको अविरल बर्षाका कारण आएको बाढीले बेपत्ता भएका ३ जनामध्ये २ जनाको शव प्रहरीले फेला पारेको हो ।

बेपत्ता भएका भजनी नगरपालिका ८ बस्ने बर्ष ४० का ईश्वर शाहको शब आज (शुक्रबार) फेला परेको हो भने बिहिबार स्केल चौधरीको शब फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एबं प्रहरी नायब उपरिक्षक प्रतिक बिस्टका अनुसार शाहको शब बेपत्ता भएको ठाउँबाट १ किलोमिटर तल पथरैया र गौराखोलाको दोभान नजिक झाडीमा फेला परेको हो । भजनी नगरपालिका ८ का चक्र बिक भने अझै बेपत्ता नै रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

 

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार