मयुरीमा चार्ज गर्न खोज्दा करेन्ट लागेर मृत्यु

२०७७ श्रावण १६ शुक्रबार, हेटाैंडा । तीनपांग्रे विद्युतीय सवारीसाधन (मयुरी) चार्ज गर्न खोज्दा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।

शुक्रबार बिहान करिब ६:३० बजे मयुरी चार्ज गर्न खोज्दा मकवानपुरको पूर्वी क्षेत्र बकैया– ७ स्थायी निवासी हाल हेटौँडा– ५ मा बस्ने ६८ वर्षीय पदमबहादुर दोङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए । ‘दोङ मयुरीचालक हुन्,’ डिएसपी रानाले भने, ‘उनले आफैँ मयुरी चार्ज गर्न खोज्दा करेन्ट लागेको थियो ।’

करेन्ट लागेर घाइते भएका दोङको हेटौँडा–११ स्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार