आज २२४ काेराेना सक्रंमित थपिए,उपत्यकामा ३६ जनामा संक्रमण पुष्टि

२०७७ श्रावण १६ शुक्रबार, काठमाडौं । पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ७८६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ । संक्रिय संक्रमितको संख्याको संख्या पाँच हजार तीन सय १६ छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५१ डिस्चार्ज भएका छन् ।

कुल डिस्चार्ज हुनेको संख्या भने १४ हजार तीन सय ९९ पुगेको छ । डिस्चार्ज प्रतिशत ७२ दशमलव ८ भएको प्रवक्ता गौतमले जानकारी दिए । अहिले क्वारेन्टाइनमा १२ हजार एक सय ११ जना रहेका छन् । मास्क प्रयोग नगर्ने दुई लाखलाई कारबाही भएको छ ।

संक्रमितमध्ये उपत्यकाका मात्रै ३६ जना रहेका छन् । काठमाडौंका ३२, भक्तपुरका १ र ललितपुरका ३ जनामा संक्रमण पुष्टि भएको हो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार