फोरजी सेवा विस्तारमा ढिलाइ, निजी सेवा प्रदायककाे लाभ

२०७७ श्रावण १६ शुक्रबार, काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले सरकारसँग नेपाल टेलिकमको फोरजी सेवा विस्तारमा भएको ढिलाइको कारण स्पष्ट गर्न निर्देशन दिएको छ । सञ्चारमन्त्री युवराज खतिवडा, दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल र टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीसँगको छलफलपछि समितिले फोरजी सेवा विस्तारमा चरम ढिलाई हुनुको कारण ७ दिनभित्र लिखित रुपमा समितिमा पेश गर्न निर्देशन दिएको हो ।

गत फागुनमै सकिनुपर्ने फोरजी सेवा विस्तारको काम अझै पनि सकिएको छैन । टेलिकमले विभिन्न बाहनाबाजी गर्दै फोरजी विस्तारमा ढिलाइ गर्दा जनताले मोबाइल इन्टरनेटमा नयाँ प्रविधिको प्रयोग गर्न पाएका छैनन् भने टेलिकमको आम्दाानी र नाफा पनि घट्न पुगेको छ । टेलिकमले आक्रामक रुपमा फोरजी विस्तार नगर्दा निजी सेवा प्रदायकले लाभ उठाइरहेका छन् ।

समितिले नेपाल टेलिकमले एक वर्षमा कति सिमकार्ड वितरण भयो भन्ने विवरण पनि मागेको छ । समितिले ३० दिनभित्र देशभर इन्टरनेट सेवा पु¥याउने सम्बन्धी कार्ययोजना पनि पशे गर्न सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ । समितिमा बोल्दै सञ्चारमन्त्री डा. खतिवडाले देशभर इन्टरनेट पु¥याउने गरी सरकारले काम गरिरहेको भन्दै लकडाउन र खरिद प्रक्रिया लगायतले बाधा गरेको बताउनुभयो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार