मलेसियामा नेपाली युवा कुटिएकोबारे दूतावासको चासो

२०७७ श्रावण १६ शुक्रबार, काठमाडौं । मलेसियामा नेपाली युवक (सेक्युरिटी गार्ड)लाई कुटपिट गरिएकोबारे नेपाली राजदूतावास क्वालालम्पुरले चासो देखाएको छ ।

शुक्रबार एक सुरक्षा गार्डमाथि कुटपिट गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । कुटिने युवा को हुन् र किन कुटिए भन्नेबारे अहिलेसम्म खुलेको छैन । मलेसियास्थित नेपाली दूतावासले भिडियो सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

दूतावासले सो घटनाबारे थप जानकारी भए दूतावासमा जानकारी गराउन आग्रह पनि गरेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार