२०७७ श्रावण १७ शनिबार, एजेन्सी । पिएसजीले फ्रान्सको कोप डी ला लिग जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा पिएसजीले लियोनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै कोप डी ला लिगको उपाधि जितेको हो ।
निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटमा कुनै गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टीबाट भएको थियो । पेनाल्टी सुटआउटमा पिएसजी ६-५ गोल अन्तरले विजयी भएको थियो । लियोनका बेरट्राण्ड ट्राओरेले पेनाल्टी मिस गरेका थिए ।
यस अघि खेलको ११९औ मिनेटमा लियोनका राफेलले रातो कार्ड पाउदै मैदान छोडेपछि लियोन १० खेलाडीमा सिमित भएको थियो ।
योसँगै पिएसजीले कोप डी ला लिगको उपाधि नवौं पटक जितेको छ । पिएसजी फ्रान्समा यो उपाधि धेरै पटक जित्ने टिम समेत हो । लियोनले भने यो उपाधि यस अघि सन २००१ मा मात्र एक पटक जितेको छ भने यस पटकको सहित पाँच पटक फाइनलमा पुगेर पराजित भएको छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो