वीरगंजमा सांसद र डाक्टरसहित ६४ जनामा कोरोना संक्रमण

२०७७ श्रावण १७ शनिबार, पर्सा । पर्सामा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा पर्सा १ का सांसद प्रदीप यादव पनि छन्। यादवका निजी सुरक्षाकर्मी र चालकको पनि संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पतालले शुक्रबार राति सार्वजनिक गरेको रिपोर्ट अनुसार नारायणी अस्पतालकै एक डाक्टरमा पनि संक्रमण पुष्टि भएको छ। यस्तै, एक जना पारामेडिक स्टाफलाई पनि संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये ३ महिला र ६१ पुरुष छन्। संक्रमित १५ देखि ६८ वर्ष उमेर समूहका छन्। वीरगंज मिना बजार गहवा क्षेत्रबाट मात्र ३० घरभन्दा बढीमा संक्रमित भेटिएका हुन्।

संक्रमण पुष्टि भएका एक व्यक्तिको निधन भइसकेको छ। ६४ मध्ये ६२ वीरगंजका एक बाराका र एक रौतहटका हुन्।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार