भारतमा कोरोनाबाट एकै दिन ५७ हजार संक्रमित

२०७७ श्रावण १७ शनिबार, एजेन्सी । छिमेकी मुलुक भारतको भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ७६४ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ३६ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ३६ हजार ५११ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५७ हजार ११७ जना संक्रमित पुष्टि भएको छ । यो अहिलेसम्म भारतमा एकै दिन संक्रमित सबैभन्दा धेरै संख्या हो । योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या करिब १७ लाख पुगेको छ । भारतमा कुल संक्रमित १६ लाख ९५ हजार ९८८ पुगेको छ । यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म १० लाख ९४ हजार ३७४ जना ठिक भएका छन् भने ५ लाख ६५ हजार १०३ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल एक करोड ९३ लाख ५८ हजार ६५९ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ५ लाख २५ हजार ६८९ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार