३३औ पटकमा कक्षा १० पास भए मोहमद नरुद्दीन!

२०७७ श्रावण १७ शनिबार, एजेन्सी । कोरोना भाइरसको महामारीका कारण विश्वभर शिक्षा प्रणाली नै अवरुद्ध भएको अवस्थामा भारतमा कोरोनाकै कारण ३३ बर्षदेखि १० कक्षाको परीक्षामा फेल भएका एक ५१ बर्षिय व्यक्ति पहिलो पटक १० कक्षा पास गर्न सफल भएका छन् ।

भारतको हैदरावाद निवासी ५१ बर्षिय मोहमद नरुद्दीन ३३ बर्षपछि कोरोनाका कारण कक्षा १० पास गरेका छन् । तर यस पटक उनले परीक्षा दिएर पास भने गरेका होइनन ।

राज्य सरकारले कोरोनाका कारण कक्षा १० का सबै विद्यार्थीलाई पास गर्ने निर्णय गरेसँगै उनी परीक्षा नदिएर पास भएका हुन् ।

उनले ३३ बर्षसम्म लगातार परिक्षा दिइरहेपनि अंग्रेजीमा कमजोर भएकाले पास गर्न सकिरहेका थिएनन् । उनले सन १९८७ देखि १० कक्षाको परीक्षा दिइरहेका थिए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार