पार्टीभित्र संघर्ष पद प्राप्तिका लागि होइन : प्रचण्ड

२०७७ श्रावण १७ शनिबार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय पार्टीमा भएका छलफलका गतिविधि पद प्राप्तिका नभएको बताउनुभएको छ ।

कम्युनिष्ट नेता तुलसीलाल अमात्यको स्मृति सभामा बोल्दै अध्यक्ष दाहालले पार्टी एकता गर्दा दुबै दलका नेताहरुले त्याग गरेको हुनाले अहिले आवश्यकता पद र सत्ता नभएको बताउनुभएको हो । तर एकता प्रक्रिया नटुंगिएको बेलामा भएका पछिल्ला गतिविधिले कार्यकर्ता र आम नागरिकमा अन्योलता छाएको उहाँको भनाई छ ।

पार्टीमा रहेका विभिन्न समस्या समाधानका लागि संघर्ष जारी रहेपनि यो पदको निम्ति विवाद नभएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले विधि पद्धतिको पालना कसरी गराउने भन्दै छलफल चलिरहेको र पार्टी एकता एउटा ठूलो उत्सवको रुपमा अघि बढेकोले पार्टी एकतालाई कायम राख्दै अघि बढ्ने भन्ने बारेमा छलफल जारी रहेको बताउनुभयो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार