माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते

२०७७ श्रावण १७ शनिबार, डडेल्धुरा । डडेल्धुरामा माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । भीमदत्त राजमार्गअन्तर्गत् जिल्लाको आलिताल गाउँपालिका–१, घण्टेश्वर मन्दिरनजिक शनिबार माइक्रोबस दुर्घटना भएको हो ।

धनगढीबाट बझाङतर्फ आउँदै गरेको माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते भएकोे जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेहरुको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार