सेती नदीमा २ डाक्टर बेपत्ता

२०७७ श्रावण १७ शनिबार, डडेल्धुरा । डडेल्धुरा अस्पताल कार्यरत २ जना स्वास्थ्यकर्मी सेती नदीमा बेपत्ता भएका छन् । आज सेती नदीमा नुहाउने क्रममा उनिहरु बेपत्ता भएका हुन् भने एक जनाको सकुसल उद्धार गरिएको छ ।

डोटीमाको शैलेश्वरी मन्दिरको दर्शन गर्न आज बिहान गएका उनीहरू फर्किने क्रममा नुहाउन सेती नदीमा गएका थिए । बेपत्ता हुनेमा डडेल्धुरा अस्पताल कार्यरत २ जना स्वास्थ्यकर्मी हेल्थ असिस्टेन्ट विनयबहादुर सिंह र ल्याब सुपरिटेनडेन्ट हरि जोशी रहेको प्रहरीले जनाएको छ ।

शिखर नगरपालीका १० गहनान भन्ने ठाँउबाट बेपत्ता भएका उनिहरूको खोजी भइरहेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार