बढ्दै काेराेना कहर, थप दुई जना कोरोना संक्रमितको मृत्यु

२०७७ श्रावण १८ आइतबार, वीरगञ्ज । वीरगञ्जमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना ५० र अर्को ६८ वर्षीया महिला रहेको नारायणी कोरोना अस्थायी अस्पताल गण्डकका डाक्टर निरज सिंहले जानकारी दिनुभएको हो ।

दुबै महिला वीरगन्ज १६ नगवा निवासी रहेको उहाँले जानकारी दिनुभयो । ५० वर्षीया महिलाको भने शुक्रबारै वीरगन्जस्थित बयोधा अस्पतालमा बिहान १० बजे निधन भएको थियो । पछि पिसिआर नतिजा आउँदा संक्रमण पोजेटिभ देखिएको हो ।

अर्की ६८ वर्षीया महिलालाई पनि त्यही अस्पतालले शनिबार बिहान गण्डक अस्पताल रिफर गरेको थियो । डा. सिंहले दुवै महिलामा निमोनियाको समस्या रहेको जानकारी दिनुभयो ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार