२०७७ श्रावण १८ आइतबार, एजेन्सी । इटालियन सिरी ए को यस सिजनको अन्तिम खेलमा युभेन्टसले लज्जास्पद हार बेहोरेको छ ।
गएराती सम्पन्न क्रिस्टियानो रोनाल्डो, पाउलो डिबाला लगायतका खेलाडीलाई आराम दिएको खेलमा युभेन्टस एएस रोमासँग ३-१ गोल अन्तरले परजित भएको हो ।
रोमाको जितमा डिएगो पेरोटीले दुई गोल गरे भने निकोला कालिनिकले एक गोल गरेका थिए । त्यस्तै युभेन्टसका लागि गोन्जालो हुगैनले एक गोल गरेका थिए ।
योसँगै लिग जितेपनि युभेन्टसले अन्तिम खेलमा हारे बेहोर्दै यो सिजना सकाएको छ । ३८ खेलमा ८३ अंकसहित युभेन्टसले लिग सकाएको छ ।
त्यस्तै रोमाले भने ३८ खेलमा ७० अंक हासिल गर्दै पाँचौ स्थानमा यो सिजन सकाएको छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो