२०७७ श्रावण १८ आइतबार, एजेन्सी । आर्सनलले एफए कपको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा आर्सनलले चेल्सीलाई २-१ गोल अन्तरले पराजित गर्दै एफए कपको उपाधि जितेको हो ।
आर्सनललाई उपाधि दिलाउन पेरिक एम्रिक आबुमियाङले दुई गोल गरे । चेल्सीका क्रिस्टियन पुलिसिचले एक गोल गरे । यससँगै आर्सनलले कीर्तिमानी १४ औं पटक एफए कपको उपाधि जितेको छ ।
आर्सनलपछि धेरै पटक एफए कप उपाधि जित्ने टिम म्यानचेस्टर युनाइटेड हो । युनाइटेडले १२ पटक जितेको छ भने चेल्सी र टोटनह्यामले ८-८ पटक जितेका छन् ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
अब संसदमा चार दल‚ कसका कति सांसद ?
ओलीलाई नेपालको आग्रह– राजीनामा दिएर थोरै भएपनि नैतिकता बचाउनुस्
म प्रधानमन्त्रीको रेसमा छैन : देउवा
‘यो देश दलितको पनि हो’ (फोटो फिचरसहित)
ओलीका काम कारबाहीलाई मान्यता नदिन संसदलाई प्रचण्ड माधव-पक्षको आग्रह