पछिल्लो २४ घण्टामा भारतमा थपिए ५४ हजार बढी संक्रमित

२०७७ श्रावण १८ आइतबार, काठमाडौं । भारतमा पछिल्लो समय दिनहुँ ५० हजार बढी संक्रमित थपिँदै गएको पाइएको छ । पछिल्लो २४ घण्टामा मात्रै ५४ हजार ७३६ नयाँ संक्रमित फेला परेका छन् ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार त्यहाँ हालसम्म कोरोना संक्रमितको संख्या १७ लाख ५० हजार ७२४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ८५३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३७ हजार ३६४ पुगेको छ ।

संक्रमितमध्ये ११ लाख ४५ हजारभन्दा ज्यादा उपचारपछि निको भएर डिस्चार्ज भइसकेका छन् । हाल देशभर ५ लाख ६७ हजार ७३० सक्रिय संक्रमित छन् । उनीहरुको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार