सुनको मूल्य आज पनी बढ्यो

२०७७ श्रावण १८ आइतबार, काठमाडौं । सुनको मूल्य बढ्ने क्रम जारी रहेको छ । पछिल्लो दिनहरुमा सुनको मूल्य लगातार बढ्दै नयाँ रेकर्ड राखेको छ ।
आज सुनचाँदीको मूल्य बढेको छ ।

शुक्रबारको तुलनामा आइतबार सुन तोलामा ३ सयले बढेको छ । भने चाँदी ३० रुपैयाँले बढेको छ । शुक्रबार ९९ हजार ३ सयमा कारोबार भएको छापावाला सुन आइतबार ३ सयले बढेर ९९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९९ हजार १६० सयमा कारोबार भइरहेको छ । चाँदी आज ३० रुपैयाँले बढेर प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार