शिक्षामन्त्रीको कोरोना संक्रमणबाट मृत्यु

२०७७ श्रावण १८ आइतबार, एजेन्सी । उत्तर प्रदेशकी क्याबिनेट मन्त्री कमला रानी वरुणको कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट निधन भएको छ । बीबीसी हिन्दीका अनुसार उनीमा १८ जुलाईमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएपछि उनलाई लखनउस्थित एसजीपीजीआईमा भर्ना गरिएको थियो । आइतबार बिहान निधन भएको हो ।

कमला रानी यूपी सरकारमा प्राविधिक शिक्षामन्त्री थिइन् । २०१७ मा बीजेपीले उनलाई कानपुरको घाटमपुरबाट चुनावी मैदानमा उतारेको थियो । पछिल्लो वर्षमात्रै उनलाई राज्य क्याविनेटको मन्त्री बनाइएको थियो ।

उनी सांसद समेत भइसकेकी छिन् । उनकाे निधनमा मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त गरेका छन् । आइतबार अयोध्या जाने कार्यक्रम समेत उनले रद्द गरेका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार