ओली–प्रचण्ड भेटवार्ता: अझै निस्किएन निष्कर्ष

२०७७ श्रावण १८ आइतबार, काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज (आइतबार) बिहान सुरु भएको छलफल झण्डैँ तीन घण्टापछि सकिएको हो ।

प्रचण्ड–ओली बिचको छलफलमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल पनि उपस्थित थिए । तीन घण्टासम्म छलफलमा बसेपनि बैठकले कुनै निष्कर्ष भने निकाल्न सकेन । छलफललाई नै निरन्तरता दिने सहमति भएको बताइएको छ । २ अध्यक्षबीच सहमति हुन नसक्दा स्थायी कमिटी बैठक समेत अहिलेसम्म बस्न सकेकाे छैन ।

पहिलाे बैठकमा सम्बाेधन गर्ने अधिकांश सदस्यले प्रधानमन्त्रीकाे राजीनामा मागेपछि ओलीले बैठक टार्दै आएका छन् । प्रधानमन्त्रीले भारतले आफूलाई हटाउन खाेजेकाे विवादास्पद अभिव्यक्ति दिएसँगै उनकाे राजीनामाकाे माग उठेकाे हाे । उनकाे असहमति र उपस्थिति विना बैठक पुनः सुचारू हुन नसकेकाे हाे ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार