विकृति बिसंगती न्युनीकरण कार्यदलले ३ दिनमा गर्यो १३ गीतलाई कारबाही

२०७७ श्रावण १८ आइतबार, काठमाडौं । लोक तथा दोहोरी गीत प्रतिष्ठानले गठन गरेको विकृति बिसंगती न्युनीकरण कार्यदलले आफ्नो काम सुरु गरेको छ ।

पछिल्लो समय बजारमा आएका केही तीजका गीतहरुमा प्रयोग गरिएका शब्दहरुले विकृति बिसंगती फैलाएको भन्ने आलोचना भएपछि प्रतिष्ठाले चासो देखाएर समिती बनाएको थियो ।

सो समितीले गठन भएको तीन दिनमा आजसम्म करिब १३ वटा गीतमा प्रयोग भएका विकृतीजन्य शब्द, शिर्षक र भिडियो क्लीप्स हटाउन लगाएको छ । समितीले तीज गीत बोको, सारी माथि सारेर, उतानो पारेर लगायतका गीतको शिर्षक परिवर्तन गर्न लगाएको हो ।

गीतमा राखिएका शिर्षकले नराम्रो अर्थ दिने खालका भएकाले धेरैजसो गीतहरुको शीर्षक परिवर्तन गर्न लगाएको समितीका संयोजक शिव हमालले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभएको छ ।

साथै, समितीले आचारसंहिता निर्माणको कामलाई पनि तीव्रता दिएको जनाएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार