दिल्ली क्यापिटल्सले अगस्ट १५ बाट प्रशिक्षण थाल्ने

२०७७ श्रावण १८ आइतबार, एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) को फ्रेन्चाइज टिम दिल्ली क्यापिटल्सले अगस्ट तेस्रो साताबाट प्रशिक्षण थाल्ने तयारी गरेको छ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले आईपीएल सेप्टेम्बरमा आयोजना गर्ने तयारी गरेसँगै दिल्लीले भारतीय खेलाडीलाई अगस्ट १५ बाट क्याम्पमा राख्ने तयारी गरेको हो ।

दिल्लीबाट नेपालका लेग स्पिनर सन्दीप लामिछानेले आईपीएल खेल्ने गर्छन् । दिल्लीका एक पदाधिकारीले क्याम्पको मुख्य उदेश्य खेलाडीलाई एक जुट गराउने र कोरोना महामारीको समयमा स्वास्थ्यलाई ध्यानमा राख्दै खेलाडीको लय फर्काउने रहेको बताए ।

यद्दपी, उनले आफुहरु भारतीय क्रिकेट नियन्त्रण बोर्डको निर्णय कुरिरहेको बताएका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार