२०७७ श्रावण १८ आइतबार, काठमाडौं । भुवन केसी मेरो रियल हिरो हो’ भन्दै नायिका निरुता सिंहले एक दिनअघि इन्स्ट्राग्राममा पाेष्ट गरेकी थिइन् । हिजाेकाे उक्त पाेष्टमा धेरैले नराम्रा प्रतिक्रिया राखेपछि उनले आज थप स्पष्टिकरणसहित अर्काे स्टाटस लेखेकी छिन् ।
‘भुवनलाई सपनाको महानायक’ भन्दा आफूूलाई कति जनाले भुवनकाे चाकडी गरेकाे टिप्पणी गरेकाे भन्दै आजकाे पाेष्टमा उनले आक्राेश समेत पाेखेकी छिन् । उक्त स्टाटसको आशय राजेश हमाल महानायक होइन भन्ने नरहेकाे उनकाे भनाइ छ ।
‘मलाई अचम्म लागेको अनि मैले बूझ्न नसकेको कुरा- मैले कहाँ र कहिले यो लेखेको छु कि मेरो लागी महानायक राजेश हमाल हैन भुवन केसी हो भनेर ? मैले मेरो स्टाटसमा आजको कुरा लेखेको हैन, मैले त्यो बेलाको कुरा लेखेको हो जुन बेलामा राजेश दाईले पनि नेपाली चलचित्र जगतमा पाइला राख्नुभएकाे थिएन’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्- ‘मेरो लागी पनि महानायक राजेश हमाल हो । अनि म राजेश दाईलाई सम्मान गर्छु ।’
मलाई अचम्म लागेको अनि मैले बूझ्न नसकेको कुरा – न:१- मैले कहा र कहिले यो लेखेको छु कि मेरो लागी महानायक राजेश हमाल हैन…
Gepostet von Neeruta Singh am Sonntag, 2. August 2020
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो