उपत्यकाका मात्रै ३१ सक्रंमित थपिए

२०७७ श्रावण १८ आइतबार, काठमाडौं । संक्रमितमध्ये उपत्यकाका मात्रै ३१ जना रहेका छन् । काठमाडाैंका २२, भक्तपुरका १ र ललितपुरका ८ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

अन्य संक्रमितहरू सुनसरी, मोरङ्ग, धनुषा, चितवन, महोत्तरी, सर्लाही, पर्सा, बझाङ, डोटी, बर्दिया, गोरखा, रौतहट, सिन्धुली, कास्की, लमजुङ, तनहुँ, बागलुङ, बर्दिया, रुपन्देही लगायत जिल्लाका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज (आइतबार) को प्रेस ब्रिफिङमा यसबारे पुष्टि गरेका हुन् । पछिल्लो २४ घण्टामा १११ जना संक्रमित डिस्चार्ज भएको पनि उनले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार