मेलम्चीमा पहिरो : ७ वेपत्ता, एकको जिवीतै उद्धार

२०७७ श्रावण १९ साेमबार, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची–११ मा गएराति पहिरो गएको छ । पहिरोमा पुरिएर ७ जना वेपत्ता भएका छन् भने एकजनाको जिवीतै उद्धार गरिएको स्थानिय राजन श्रेष्ठले जानकारी दिनुभएको छ ।

६,७ घण्टासम्म भएको ‘अति भारी’ वर्षाले पहिरो जादाँ उनिहरु बेपत्ता भएका हुन् । आज विहान ६ बजेतिर पहिरो गएको हो । अहिले उद्धारकार्य जारी रहेको श्रेष्ठले जानकारी दिनुभयो । प्रदेश सरकारद्वारा निर्माणाधीन कभर्ड हलको निर्माणमा खटिएका कामदारहरु पहिरोमा पुरिएका हुन् ।

उनीहरु बस्दै आएको टहरो पहिरोले पुरिएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएका मध्ये २ जना भारतीय र अन्य विराटनगरका नागरिक रहेको जनाइएको छ । अहिले घटनास्थलमा सुरक्षाकर्मीलगायत स्थानीयको टोलीले उद्धार जारी राखेका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार