इरानले तथ्याङ्क लुकाएकाे दाबी, कोरोनाबाट मृत्यु हुने तेब्बर बढी

२०७७ श्रावण १९ साेमबार, एजेन्सी । इरानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या सरकारले सार्वजनिक गरेको तथ्यांक भन्दा तेब्बर रहेको देखिएको छ। बिबिसीको पर्सियन सेवाले गरेको अनुसन्धानमा इरानमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या भनिए भन्दा झण्डै तेब्बर रहेको देखिएको दाबी गरिएको छ।

चुहावट भएको सूचना अनुसार सरकारकै तथ्यांकमा जुलाई २० सम्म कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या झण्डै ४२ हजार देखिएको बिबिसीले उल्लेख गरेको छ। इरानको स्वास्थ्य मन्त्रालयले सो अवधिसम्म ज्यान गुमाउनेको संख्या मात्रै १४ हजार ४ सय ५ भनेको थियो। यस्तै संक्रमितको संख्यामा पनि भनिए भन्दा दोब्बर देखिएको छ।

इरानको स्वास्थ्य मन्त्रालयले जुलाई २० सम्म संक्रमित हुनेको संख्या दुई लाख ७८ हजार ८२७ भनेकोमा वास्तविक संख्या चार लाख ५१ हजार २४ रहेको खुलेको हो।

संक्रमणको सुरुवाति चरणमा इरान चीन बाहिर सबैभन्दा बढी प्रभावित भएको देश थियो। अहिले फेरि इरानमा महामारीको दोस्रो लहर सुरु भएको छ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार