आज सुनको मुल्य स्थिर

२०७७ श्रावण १९ साेमबार, काठमाडौं । सोमबार सुनचाँदीको मुल्य स्थिर रहेको छ । केहि दिनदेखि लगातार बढेको सुनचांदीको मुल्य सोमबार स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन प्रति तोला ९९ हजार ६ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । यो नेपालमा सुनको यो मुल्य अहिलेसम्म कै उच्च हो । यस अघि आइतबार पनि  सुन प्रतितोला ९९ हजार ६ सयमा कारोबार भएको थियो ।

त्यस्तै सोमबार तेजावी सुनको मुल्य प्रति तोला ९९ हजार १६० मा कारोबार भइरहेको छ । त्यसैगरी सोमबार चाँदीको मुल्य पनि स्थिर रहेको ।

महासंघका अनुसार सोमबार पनि चाँदी प्रतितोला १२ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार