२०७७ श्रावण १९ साेमबार, एजेन्सी । बलिवुड अभिनेता अक्षयकुमारले निर्माता निर्देशक आनन्द एल रायसँग मिलेर बनाउन लागेको नयाँ फिल्म ‘रक्षा बन्धन’को घोषणा गरेका छन् ।
फिल्म २०२१ को नोभेम्बर ५ मा रिलिज हुने बताइएको छ । फिल्मलाई हिमांशु शर्मा, अल्का हिरानान्दनी र आनन्द एल रायले लेखेका छन् ।
बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मलाई आनन्दको कलर एलो प्रोडक्सन र अक्षयकुमारको कप अफ गुड फिल्मले संयुक्त रुपमा निर्माण गर्दै छन् ।
बलिवुडमा अहिले अत्यन्त सफल फिल्म दिइरहेका अक्षयकुमारका यस बर्ष चार फिल्म आउदै छन् । कति फिल्म त बनेर तयार भएपनि कोरोनाका कारण प्रदर्शन हुन सकिरहेका छैनन् । लक्ष्मी बम्ब बनेर तयार भएपनि कोरोनाले गर्दा सिनेमा हल बन्द हुदा अब डिजिटल प्लेटफर्ममा मात्र रिलिज हुने भएको छ । लक्ष्मी बम्बलाई डिज्नी-हटस्टारले रिलिज गर्दै छ ।
त्यस्तै अक्षयकुमारको यस बर्ष यशराज ब्यानरको पृथ्वीराज, रोहित शेट्टीसँगको फिल्म सुर्यबंशी र आनन्द एल रायसंगको फिल्म अतरंगी रे आउदै छन् ।
ट्रेन्डिङ
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’