प्रदेश एकका मुख्य न्यायाधिवक्ता आचार्यसहित परिवारका ३ जनामा कोरोना पुष्टि

२०७७ श्रावण १९ साेमबार, काठमाडौं । प्रदेश एकका मुख्य न्यायायाधिवक्ता चूडामणि आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगरमै रहेका उहाँलाई कहाँबाट कोरोना संक्रमण भयो भन्ने ‘हिस्ट्री’ खुलेको छैन ।

विराटनगर–५ स्थायी ठेगाना भएका मुख्य न्यायायाधिवक्ता आचार्यसहित परिवारका तीनजना सदस्यलाई कोरोना पोजेटिभ देखिएको छ । मुख्य न्यायायाधिवक्ता आचार्यलाई १०/१२ दिनअघि दुई दिनजति सामान्य ज्वरो आएको थियो ।

आइतबार उहाँसहित घरका सदस्यको कोरोना जाँच गर्दा परिवारका तीनजना सदस्यको रिपोर्ट पोजेटिभ आएको हो । तीनैजनालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने तयारी छ ।

अहिले आफू र परिवारका सदस्यहरुको अवस्था सामान्य रहेको आचार्यले बताउनुभयो । आचार्यलाई कहाँबाट संक्रमण भयो भन्ने खुलेको छैन ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार