कोरोनाविरुद्ध अग्रपंक्तिमा खटिरहेका प्रहरीमा संक्रमण

२०७७ श्रावण १९ साेमबार, काठमाडौं । कोरोना भाइरसविरुद्ध अग्रपंक्तिमा रहेर खटिइरहेकामध्येको एक नेपाल प्रहरीमा हालसम्म देशभर २ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार हालसम्म सबैभन्दा बढी एक सय ५० जना प्रहरी जवानमा कोरोना संक्रमण पुष्टी भएको छ। संक्रमित हुनेमा प्रहरीका कार्यालय सहयोगीदेखि प्रहरी उपरीक्षक-एसपीसम्म छन्।

एक जना एसपी, ६ जना प्रहरी निरीक्षक-इन्सपेक्टर, १२ जना प्रहरी नायब निरीक्षक-सई, १७ जना सहायक निरीक्षक-असई, ६९ जना प्रहरी हवल्दार र ४  कार्यालय सहयोगीमा संक्रमण देखिएको छ।

संक्रमितमध्ये ८ जना महिला र २ सय ५९ जना पुरुष प्रहरी छन् । प्रहरी प्रधान कार्यालय वा उसको सोझै मातहतमा रहेर काम गर्ने ७३ जना र काठमाडौँ उपत्यकामा कार्यरत १४ जनामा कोरोना संक्रमण देखिएको छ। हालसम्म एक सय ५ जना डिस्चार्ज भएको र एक सय ६२ जना उपचाररत रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। डिस्चार्ज हुनेमध्ये २ जना महिला र एक सय ३ जना पुरुष प्रहरी छन्।

हाल आईसोलेसनमा ६ महिलासहित एक सय ६७ प्रहरी छन्। यसैगरि ३ महिलासहित एक सय ३२ जना आइसोलेसनबाट फिर्ता भएका छन्। हाल क्वारेन्टिनमा चार सय ५६ जना प्रहरी छन् भने ६ सय ३० जना क्वारेन्टिन बसेर फर्किएका छन्।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार