पाराओलम्पिकको नयाँ मिति सार्वजनिक

२०७७ श्रावण १९ साेमबार, एजेन्सी । जापानले आयोजना गर्न लागेको पाराओलम्पिकको नयाँ मिति सार्वजनिक भएको छ । जापानको टोकियोमा प्रतियोगिता अर्को वर्ष आयोजना हुन लागेको हो ।

कोरोना भाईरसको कारण एक वर्षपछि सरेको पाराओलम्पिकको नयाँ मिति सार्वजनिक गरिएको छ । अब पाराओलम्पिक सन् २०२१ को अगस्ट २४ बाट सेप्टेम्बर ५ सम्म आयोजना हुनेछ । पाराओलम्पिकमा २२ खेलको ५ सय ३९ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । विश्व खेलकुदको कुम्भमेला ओलम्पिक सकिएपछि पाराओलम्पिक हुने गर्दछ ।

आगामी वर्षको ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ । कोरोनाकै कारण सरेको टोकियो ओलम्पिकमा ३३ खेलमा प्रतिस्पर्धा हुनेछ । खेलाडीले कुल ३ सय ३९ पदकका लागि प्रतिस्पर्धा गर्ने छन् । टोकियोको विभिन्न ४२ स्थानमा प्रतिस्पर्धा हुने छ । यस अघि टोकियो ओलम्पिक यस्तै वर्षको जुलाई २४ देखि अगस्ट ९ सम्म हुने तय थियो । तर, कोरोना भाईरस विश्वभर महामारीको रुपमा फैलिएपछि ओलम्पिक प्रतियोगिता एक वर्ष सारिएको हो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार