करेन्ट लागेर दुई दाजुभाइको मृत्यु

२०७७ श्रावण १९ साेमबार, दाङ । दाङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १ हर्नौक निवासी १० वर्षीय तेजबहादुर रावत र १४ वर्षीय वीरबहादुर रावतको आज (सोमबार) करेन्ट लागेर मृत्यु हो ।

करेन्ट लागेर मृत्यु हुनेमा दाजुभाइ रहेको प्रहरीले जनाएको छ । बारीमा जंगली बँदेल आएर मकै खान थालेपछि बँदेल मार्नको जोडिएको करेन्टमा परी दुई जनाको मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेकोे छ । सोहि घटनामा ३७ वर्षीय दिलबहादुर रावत पनि घाइते भएका छन् ।

उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार