प्रदेश १मा ५७ जना कोरोना संक्रमित थपिए

२०७७ श्रावण १९ साेमबार, काठमाडौं । प्रदेश १ को मोरङ झापा र सुनसरीमा पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना संक्रमित थपिएका छन् । आज (सोमवार) संक्रमित हुनेमा मोरङमा ४६, झापामा ६ र सुनसरीमा ५ जना रहेका छन् ।

मोरङको विराटनगरमा १६ पुरुष ६ महिला, रंगेलीमा १३ पुरुष ९ महिला, कटहरीमा २ महिलामा संक्रमण देखिएको छ भने झापाको अर्जुनधारामा ५ पुरुष, विर्तामोडमा १ महिला, सुनसरीको इटहरीमा ३ पुरुष, धरान र इनरुवामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले जानकारी दिनुभयो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार १ सय २८ पुगेको छ ।

यस्तै आज मात्रै प्रदेश १ बाट ८ जना निको भएर घर फर्किएका छन्। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ महिला र ५ पुरुष डिस्चार्ज भएका छन् भने प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ८ सय २९ पुगेको छ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार