बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ

२०७७ श्रावण २० मङ्गलबार, काठमाडौं । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा गोरखाका एकजना वडाध्यक्ष पक्राउ परेका छन्।

पीडित किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा पालुङटार नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष ठाकुरकान्त रानाभाटलाई पक्राउ गरिएको गोरखाका एसपी सुरेन्द्र बहादुर गुरुङले जानकारी दिए।

बिहे गर्ने प्रलोभन दिएर पटक पटक जबरजस्ती करणी गरेको भन्ने पीडित परिवारले दिएको जाहेरीमा उल्लेख रहेको एसपी गुरुङले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार